Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भोजपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भोजपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

हाम्रो बारेमा 2075-12-09

 भोजपुरको परिचय
        प्रसिद्ध भोजपुरे खुकुरी र करुवासँग सम्बन्ध गाँसिएको नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर समुद्र सतहदेखि ५२४८ फिटको उचाईमा १५०७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । १३ वटा इलाका, ६३ गा‌.वि.स. र २ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा राई जातिको बाहुल्यता छ । ४१
% कृषि योग्य भूमि रहेको भोजपुरमा विभिन्न परम्परा र रहनसहनहरु प्रचलित छन् ।
     धनकुटा हुँदै भोजपुर सम्मको ८९ कि‌. मी मोटर बाटोको ट्रयाक खुलेको छ । यस जिल्लामा केन्द्रीय प्रसारण लाइनसँग आवद्ध गरी विद्यत आपूर्ति व्यवस्था मिलाइएकोले जिल्लाबासीले लोडसेडिङको मार खेप्नुपरेको छैन् । खानेपानीको सुविधा तथा संचार सेवाको साथै शिक्षा र स्वास्थ्य चौकीको अवस्था समेत राम्रो रहेको भोजपुर जिल्लाको जयवायु समशितोषण छ । न्यूनतम तामक्रम ०.१ डिग्रीदेखि अधिकतम ३२.२ डिग्री रहने याहाँको मौसम अनुकुल नै रहेकोले समग्रमा भोजपुर पूर्वी पहाडी सुन्दर र शान्त जिल्ला हो भन्न सकिन्छ।



पछिल्लो अपडेट गरिएको : 2079-12-16 15:17:20

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भोजपुर

Powered By: ProActive Developers