2078-09-30
2078-09-30
यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।
नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ ।
राहदानी विभागमा सामान्य अवस्थामा र राष्ट्रिय परिचयपत्रसँगको विवरण भिडेको र आवश्यक कागजात रुजु भएको अवस्थामा मात्र दुई कार्य दिनको सेवा लिन सकिने ।
१६ बर्ष माथिका र नेपालमा आवेदन गर्नेहरुको हकमा Activate भएको राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्छ । नाबालिग परिचयपत्र हुनेहरुको हकमा जिल्ला आधिकारिकता प्रमाणित गरिएको पत्र अनिवार्य हुने छ ।
Activate भए नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हट लाइन नम्बरमा (www.donidcr.gov.np/) फोन गरेर वा भाइबर ह्वास्ट एपमा मेसेज पठाएर एकीन गरी सकेपछि मात्र लाइभ इन्रोलमेन्टको लागि आउनु होला ।
अनलाइन भुक्तानीको व्यवस्था छिटै गरिने छ । हाल नगदबाट भुक्तानी गर्न सकिनेछ।
विद्युतीय राहदानी सम्बन्धी थप जानकारीको लागि विभागको वेबसाइट नियमित हेर्नु होला वा यस विभागको हटलाइन नम्बरहरु वा मोवाइल नं. ९८५१३२६८०१ र ९८५१३२६८०२ मा कार्यालय समय भित्र सम्पर्क गर्न सकिने छ ।
व्यक्तिगत सूचना हुनाले र भिडभाड हुने स्थलमा अनावश्यक बढी रकम लिएको जानकारी प्राप्त भएकोले सकभर आफैले वा आफ्नो निकटतम व्यक्तिको सहयोगमा फाराम भर्नु होला ।
एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी हुने छैन ।
अब विद्युतीय राहदानीको लागि फारम भर्न https://emrtds.nepalpassport.gov.np/ खोल्नुहोस ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भोजपुर
Powered By: ProActive Developers