Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भोजपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भोजपुर

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विद्युतीय राहदानीको लागि फारम भर्ने तरिका।

२०७८-०९-३० २०७८-०९-३०

यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।

नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ ।

राहदानी विभागमा सामान्य अवस्थामा र राष्ट्रिय परिचयपत्रसँगको विवरण भिडेको र आवश्यक कागजात रुजु भएको अवस्थामा मात्र दुई कार्य दिनको सेवा लिन सकिने ।

१६ बर्ष माथिका र नेपालमा आवेदन गर्नेहरुको हकमा Activate भएको राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्छ । नाबालिग परिचयपत्र हुनेहरुको हकमा जिल्ला आधिकारिकता प्रमाणित गरिएको पत्र अनिवार्य हुने छ । 

Activate भए नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हट लाइन नम्बरमा (www.donidcr.gov.np/)  फोन गरेर वा भाइबर ह्वास्ट एपमा मेसेज पठाएर एकीन गरी सकेपछि मात्र लाइभ इन्रोलमेन्टको लागि आउनु होला ।

अनलाइन भुक्तानीको व्यवस्था छिटै गरिने छ । हाल नगदबाट भुक्तानी गर्न सकिनेछ।

विद्युतीय राहदानी सम्बन्धी थप जानकारीको लागि विभागको वेबसाइट नियमित हेर्नु होला वा यस विभागको हटलाइन नम्बरहरु वा मोवाइल नं. ९८५१३२६८०१ र ९८५१३२६८०२  मा कार्यालय समय भित्र सम्पर्क गर्न सकिने छ ।

व्यक्तिगत सूचना हुनाले र भिडभाड हुने स्थलमा अनावश्यक बढी रकम लिएको जानकारी प्राप्त भएकोले सकभर आफैले वा आफ्नो निकटतम व्यक्तिको सहयोगमा फाराम भर्नु होला ।

एक वर्ष वा सोभन्दा बढी  पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी हुने छैन ।

अब विद्युतीय राहदानीको लागि फारम भर्न https://emrtds.nepalpassport.gov.np/ खोल्नुहोस ।

पछिल्लो अपडेट गरिएको : 2083-04-07 13:00:41

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भोजपुर